
दार्चुला, २६ माघ । नेपाल–भारत सीमानाका माघ २९ गतेदेखि फागुन ३ गतेसम्म चार दिन बन्द हुने भएका छन् ।
भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका कारण नेपाल–भारत सीमानाका बन्द गरिने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्धराज उपाध्यायले जानकारी दिए ।
नेपाल–भारत जोड्ने दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द हुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
यद्यपि भारतबाट औपचारिक जानकारी नआएको उपाध्यायले जनाए ।












प्रतिक्रिया