
मकवानपुर, २६ माघ । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा कार्डबाट तिर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रदेशको वुधबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुहरूको सहजताको लागि क्यासलेस प्रविधिबाट भाडा भुक्तानी प्रविधि सुरु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै यात्रुको सहजता, सरलता र चुस्तताका लागि क्यासलेस प्रविधि सुरु गर्न लागेको बताए ।
बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने भएको छ । हरेक वर्ष माघ २९ गते मनाइँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्षदेखि नमनाउने निर्णय गरेका मन्त्री खनालले बताए ।












प्रतिक्रिया