
काठमाडौँ, २६ माघ । सर्वोच्च अदालतले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिएको मितिविरुद्ध एक जनप्रतिनिधिले पेश गरेको रिटलाई दरपीठ गरेको छ ।
महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पेश गरेको रिटलाई सर्वोच्च दर्ता नगरेको हो ।
साहले वैशाख ३० मा निर्वाचन गर्दा आफूहरुको समय अवधिभर कार्य गर्ने अवस्था नरहने भन्दै रिट पेश गरेका थिए ।
सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।
मेयर साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा आफूले पाँच वर्ष कार्यकाल पूरा गर्न नपाउने उल्लेख गरेका थिए ।
यस्तो छ दरपीठ आदेश:













प्रतिक्रिया