
काठमाडौँ, २६ माघ । काठमाडौँ उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ८९०, ललितपुरमा १०२ तथा भक्तपुरमा २५ जनामा कोरोना संक्रमण भएको हो स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ६०३ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ६५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख ५ हजार ६१७ जना पुगेको छ ।
यो हप्ता संक्रमण २१ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख २८ हजार ३६९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ जना रहेको छ ।
थप २ लाख ४६ हजार ७८३ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया