१७ कार्तिक २०८३, मंगलबार

थप २ हजार ४०१ जनामा काेराेना पुष्टि, १४ को मृत्यु, ७ हजार ७७७ निको

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ६०३ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ६५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख ५ हजार ६१७ जना पुगेको छ ।

यो हप्ता संक्रमण २१ प्रतिशतमा झरेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख २८ हजार ३६९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ जना रहेको छ ।

थप २ लाख ४६ हजार ७८३ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।