
काठमाडौँ, २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्न माग गरेको छ ।
लोसापले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न माग गरेको हो ।
सोमबार मात्रै सरकारले आगामी वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । अन्य राजनीतिक दलहरुले यो निर्णयको स्वागत गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर खबरदारीका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको थियो ।
लोसपाका केही नेताहरुले ५ ६ महिनाअघि नै निर्वाचित जनप्रतिनिधिहरुको समय ५ ६ महिना बाँकी हुँदै निर्वाचन गर्न नहुने बताएका छन् ।
मधेश प्रदेशमा आगामी असोजमा स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै लोसपाले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ ।
वि. सं. २०७४ सालमा तीन चरणमा भएको स्थानीय तहको निर्वाचन प्रदेश २ (हालको मधेश प्रदेश) मा २०७४ साल असोज २ गते गरिएको थियो ।












प्रतिक्रिया