१७ कार्तिक २०८३, मंगलबार

ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A U.S. Army UH-60 Black Hawk helicopter assigned to Bravo Company, 2nd Battalion, 25th Aviation Regiment, 25th Combat Aviation Brigade, prepares to drop Navy divers with the U.S. Navy SEAL Delivery Vehicle Team 1, Naval Special Warfare Group 3, in the water during helocast training at Marine Corps Air Station Kaneohe Bay, Hawaii, June 18, 2013. (U.S. Army photo by Capt. Richard Barker/Released)

फुङ्लिङ, २६ माघ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो ।

यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार गएको शुक्रबार र सोमबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।

आज उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेसन इन्चार्ज लिम्बूले बताउनुभयो । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायु सेवा निगमका ताप्लेजुङले जनाएको छ ।

निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्दै आएको छ । बाक्लो हुस्सुसहित मौसम धुम्मिएकाले चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ । यसअघि पहिलो पटक हिमपात हुँदा पनि यहाँको उडान अवरुद्ध बनेको थियो ।

यस्तै सीता एअरलाइन्सको उडान पनि अवरुद्ध भएको ताप्लेजुङका सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिनुभयो । आज बिहानको ताप्लेजुङको न्यूनतम् तापक्रम भने ५।४ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ ।–रासस