
काठमाडौँ, २६ माघ । रौतहटमा एक विवाहित महिलाको शव फेला परेको छ ।
ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ । खातुनको शव मुखमा कपडा कोचेको अवस्थामा गहुँबारीमा फेला परेको हो ।
उनको ४ वर्ष अघि एक युवकसँग विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । उनको हत्या भएको प्रहरीको आशंका छ । यद्यपि पोष्टमार्टमपछि मात्रै अन्य जानकारी आउने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया