१७ कार्तिक २०८३, मंगलबार

बैशाख ३० बाट पर सरेर ‘चिसो मान्छे’ असार ३ मा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । नेपाल सरकारले बैशाख ३० गते स्थानिय निकायको चुनाव घोषणा गरेपछि फिल्म चिसो मान्छे को प्रर्दशन मिति पोस्टपोन्ड भएको हो । स्थानीय चुनाव घोषणा भएपछि फिल्म ‘ चिसो मान्छे ‘  बैशाख ३० बाट सरेर असार ३ मा पुगेको छ ।

फिल्मका निर्देशक दीपेन्द्र के खनालले फिल्मको लुक पोस्टर सार्वजनिक गर्दै मिति परिवर्तन भएको जानकारी दिएका छन् ।

पशुपतिप्रसाद र आमा फेम्ड निर्देशकको यो फिल्मलाई पनि फिल्म वृत्तमा चासोको साथ लिइएको छ । यसैगरी श्रम बेच्न मलेसिया पुगेका नेपाली कामदारको मृत्यु भएपछि उनको शव नेपाल ल्याउन गरिएको संघर्ष फिल्मको कथावस्तु रहेको समेत उनले बताए।

फिल्मले उक्त शवलाई काठमाडौंदेखि बझाङसम्म लैजान गरिएको मर्मस्पर्शी दुःखान्तलाई चित्रण गर्छ ।