
गोरखा, २६ माघ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यस अघि बन्द गरिएको मनकामना मन्दिर खुल्ला गर्ने निर्णय गरेका हो ।
फागनु एक गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने वैठकले निर्णय गरेको छ ।












प्रतिक्रिया