१८ कार्तिक २०८३, बुधबार

स्थानीय चुनावमा विधुतीय भोटिङ मेसिनको प्रयोग

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ। निर्वाचन आयोगले चुनावमा पहिलो पटक विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसको जानकारी दिएका हुन् ।

उनले थपे, काठमाडौंका केही स्थानीय तहमा विद्युतीय भोटिङ मसिन प्रयोग हुनेछ । निर्वाचन मिति आउन धेरै समय बाँकी नरहेको भन्दै आयोगले केही सीमित स्थानहरुमा भए पनि विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने तयारी थालेको हो ।

उनले भने, समय अवधि छोटो भएकाले अब बाहिर बाट मेसिन ल्याउन असम्भव हुने भएकाले हामीले नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने बारे सोचिरहेका छौँ । राम लक्ष्मण इनोभेसन प्रालिले निर्वाचन अघि सम्म १५०० देखि २००० सङ्ख्यामा भोटिङ मसिन तयार पार्न सक्ने जानकारी दिएको छ।

यद्यपि यसका लागि ठोस निर्णयमा पुग्न भने अझै बाँकी नै रहेको आयोगका प्रमुख आयुक्त थपलियाले जानकारी दिए।