८ कार्तिक २०८३, आइतबार

नेपाली सेनाद्वारा चनौटे–भीरखर्क जोड्ने बेलीब्रिज हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २३ माघ । नेपाली सेनाले सिन्धुपाल्चोकको चनौटे र भीरखर्क जोड्ने बेलीब्रिज निर्माण गरी हस्तान्तरण गरेको छ ।

गएको साउनमा मेलम्ची खोलामा आएको विनाशकारी बाढीले ट्रस ब्रिज बगाएपछि जिल्लाको हेलम्बु गाँउपालिका–७ स्थित चनौटे–भीरखर्कको सम्बन्धबिच्छेद भएको छ । ट्रस बृज (रातो पुल) रहेको सो स्थानमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरी हस्तान्तरण समेत गरेको छ ।

हिजो शनिबार गृहमन्त्री बालकृष्ण खाँणले सो पुलको उद्घाटन गरेका छन् भने उद्घाटनलगत्तै नेपाली सेनाद्वारा सडक विभागलाई हस्तान्तरण समेत गरिएको छ ।

पुल अभावका कारण उक्त ईलाकामा बसोबास गर्ने स्थानीयवासीहरु प्रभावित भएको हुँदा तत्काल बेलिब्रिज जडान गर्नका लागि गत साउन २६ र कात्तिक ३ गते बसेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकको निर्णयबमोजिम गत कात्तिक ४ गतेदेखि नेपाली सेना परिचालित भई निर्माण कार्य प्रारम्भ गरिएको थियो ।