
काठमाडौं, २३ माघ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहे पनि आज सामान्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । यद्यपि, अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज तराई भूभागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।















प्रतिक्रिया