६ कार्तिक २०८३, शुक्रबार

देउखुरी सहकारीमा हिनामिना : दोषीलाई कारबाही र पीडितको रकम फिर्ता दिन माग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २२ माघ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणप्रति जिल्ला सहकारी संघ दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले सहकारीमा भएको शेयर सदस्य तथा वचतकर्ताले जम्मा गरेको रकम हिनामिना हुनु दुःखद भएको भन्दै दोषीलाई कारबाही र पीडितले न्याय पाउनुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा र सचिव शुक्रराज भण्डारीले हिजो शुक्रबार एक विज्ञप्ति जारी गरी सहकारीको रकम हिनामिनामा सम्बन्धित दोषीले स्वीकार गर्दागर्दै पनि सहकारीका सञ्चालकलाई पक्राउ गरिएको र संचारमाध्यममा पीडितलाई झन् पीडा दिने किसिमले समाचार बाहिर आएको भन्दै आपत्ति समेत जनाएका छन् ।

संघले सहकारीमा वचतकर्ता तथा शेयर सदस्यले वचत गरेको रकम सुरक्षित नहुनु दुःखद भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । ‘सहकारी संस्थामा जम्मा गरेको शेयर तथा बचतको उचित संरक्षण हुनुपर्छ, यदि कसैबाट सदस्यको बचत तथा शेयर रकम हिनामिना भएको भए दोषीउपर कारबाही हुनुपर्छ,’ संघले विज्ञप्तिमा भनेको छ, ‘पीडितले रकम फिर्ता पाउनुपर्छ तर कर्मचारीको गल्तीका कारण सहकारी सञ्चालकलाई पक्राउ गर्नु न्यायसङ्गत छैन्, पूर्वसञ्चालकलाई समेत पक्राउ गरी लाखौँ धरौटी माग्नु न्यायसङ्गत छैन्, यस्तो कार्यले सहकारीको अभियानमा नकारात्मक असर परेको छ ।’

सहकारी संस्थाको रकम हिनामिना मुद्दामा केही दिनअघि संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवालीलाई ५०÷५० लाख रुपैयाँ धरौटीमा छोडिएको छ ।