१८ कार्तिक २०८३, बुधबार

एउटा मोबाइल वालेटबाट अर्कोमा भुक्तानी गर्ने प्रणाली बनाउन राष्ट्र बैंकको निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन निर्देशन दिएको हो ।

यससँगै अब एउटा वालेटबाट अर्कोमा भुक्तानी गर्न सकिन्छ । राष्ट्र बैंकले यस्तै व्यवस्था अब क्यूआर कोड भुक्तानीमा पनि लागु हुने जनाएको छ ।

राष्ट्रबैंकले विद्युतीय वालेटहरुलाई अन्तरआबद्धता सेवा लागू गर्न ६ महिनाको समय दिएको छ ।

राष्ट्र निर्देशनपछि ६ महिनाभित्र कम्पनीहरुले एक अर्कामा सम्झौता गरेर अन्तरआबद्धताको सेवा लागू भइसकेको हुनुपर्नेछ ।