
काठमाडौँ, २१ माघ । पशुपति परिसरका अव्यवस्थित फूलपसल र अस्थायी टहरा हटाइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले १५ दिनभित्र त्यस्ता संरचना हटाउने भएको हो ।
कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै १५ दिनभित्र त्यस्ता टहरा हटाउन आग्रह गरेको छ ।
कोषको सूचनामा पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको उल्लेख छ ।
यस्ता अव्यवस्थित संरचनाले सकारात्मक सन्देश प्रवाह हुन नसकेको भन्दै कोषले हटाउन आग्रह गरेको हो ।












प्रतिक्रिया