
सुर्खेत, २१ माघ । कर्णाली प्रदेशमा माओवादी केन्द्रमा विवाद उत्पन्न भएको छ ।
प्रदेश सरकारमा सांसद नभएकालाई मन्त्री बनाउन खोजेपछि माओवादी असन्तुष्टि बढेको हो ।
जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ ।
गैरसांसद कार्चेनलाई माओवादी मन्त्री बनाउन सिफारिस गरेका कारण पार्टीमा असन्तुष्टि देखिएको हो ।
कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पार्टीको निर्णयविरुद्ध सार्वजनिक रुपमै विरोध गरेका छन् ।
उनले गैरसांसदलाई मन्त्री बनाउनु सांसादहरुको अपमान भएको बताएका छन् ।
बिष्टले किन संघीयतालाई भ्रष्टिकरण गरिँदै छ भन्ने प्रश्न समेत सोधेका छन् ।
गैरसांसदलाई मन्त्री बनाउँदा विकृति बढ्ने उनको बुझाइ छ ।
त्यस्तै, कर्णालीका अन्य माओवादी सांसदले पनि गैरसांसदलाई मन्त्री बनाउने पार्टीको निर्णयप्रति विरोध जनाएका छन् ।












प्रतिक्रिया