
काठमाडौँ, २१ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो ।
यससँगै छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया