१८ कार्तिक २०८३, बुधबार

निर्वाचनको मिति घोषणाको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । एमाल सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र घोषणाको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडिको विद्यार्थीहरुले सडकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका हुन् ।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप पनि गरेको छ ।

अनेरास्ववियुले निर्वाचनको मिति घोषणाको तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।