६ कार्तिक २०८३, शुक्रबार

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता भएको यो परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनाका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरुप रहेको छ । उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको बताइएको छ ।