६ कार्तिक २०८३, शुक्रबार

क्लासिक टेकको रिचार्जमा राउटर र सेट–टप बक्ससहित इन्टरनेट र टीभी निःशुल्क

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ ।

यसअन्तर्गत रिचार्जमा १५ प्रतिशत क्याश डिस्काउन्ट सहित इन्टरनेट र आईपी टिभीमा बोनस प्रदान गरिएको छ । ग्राहकले वार्षिक रिचार्जमा तीन महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । साथै १७५ भन्दा बढी च्यानल भएको आईपी टिभी (लाइभ टिभी) सेवा पनि तीन महिनासम्म निःशुल्क पाउनेछन् ।

ग्राहकले रिचार्ज अफर अन्तर्गत नै तीन महिनाका लागि निःशुल्क अनलिमिटेड युट्युव पनि पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले ५ गिगाहर्ज ओएनयू मेश राउटर र स्मार्ट सेट-अप बक्ससमेत प्राप्त गर्नेछन् ।

यसैगरी आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई कम्पनीले चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपी टीभी बोनस प्राप्त गर्नेछन् ।

क्लासिक टेकले हाल १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी विभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।