
काठमाडौँ, १७ माघ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।
सोमबार बसेको उनीहरको बैठकले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।
उनीहरुले स्थानीय जनप्रतिनिधिहरुको अवधि सकिनु अघि नै निर्वाचन गराउन सरकारको ध्यानाकर्षणा गराएका हुन् ।
सोमबारको बैठकमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागी थिए ।
बैठकले कुनै पनि बहानामा निर्वाचन सार्न काम नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।
यस्तो छ बैठकको विज्ञप्तिः













प्रतिक्रिया