१८ कार्तिक २०८३, बुधबार

झापाका विद्यालयमा लगाउन थालियो कोरोना खोप

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १७ माघ । जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ ।

जिल्लाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

पालिकाहरुमा एक लाख १० हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुईँटेलले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार नगरमा २३ खोप केन्द्र तोकिएको छ । जिल्लाका विभिन्न स्थानमा दुवै खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिन थालिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सरकारी अस्पताललाई खोप केन्द्र तोकिएको छ । –रासस