
काठमाडौँ, १७ माघ । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारण स्थगित परीक्षाहरु फागुनमा गर्ने तयारी गरेको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको जानकारी दिए ।
माघ २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।
कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।












प्रतिक्रिया