
काठमाडौं, १५ माघ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ ।
लस्कर फुड्सले ४९९ रुपैयाँमात्रको कम्बो अफर ल्याएको हो । लस्कर फुड्सले सुपर बजेट कम्बो अफर नाम गरेर बजारमा आकर्षक कम्बो अफर ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फुड्स अनलाइनबाटै खाने कुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खाने कुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत् घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ ।
प्रभु–पे, ई–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ । साथै लस्कर फुड्सले आफ्नो सेवा समय बिस्तार समेत गरेको छ । लस्कर फुड्सले बिहानको ३ बजेसम्म खाना–खाजा पुर्याउने सेवा सहित आकर्षक उपहार ल्याएको छ ।
ठमेल पक्नाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना÷खाजामगाउन सकिने, खानाको जानकारी लिन सकिने कम्पनीका निर्देशक समीर चौलागाईंले बताए ।















प्रतिक्रिया