६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य दुई दिनमा १८ सय रुपैयाँले घट्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

बिहीबार पनि ९ सय रुपैयाँले नै घटेको थियो । लगातार दोस्रो दिन पनि घटेर सुन तोलामा १८ सय रुपैयाँ सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

घटेको मूल्यअनुसार आज छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।