
काठमाडौं, १३ माघ । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिनाभित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ ।
कम्पनीका अध्यक्ष सरोजजंग पोखरेलले ६ महिनाभित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् । अध्यक्ष पोखरेलले ५ वर्षभित्रमा ५० हजार जना काम सक्ने दक्ष जनशक्ति आफूले तयार गर्ने बताए । उनले आफूले गरेको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउण्डेशनलाई दिने पनि घोषणा गरे ।
उनले भारत, अष्ट्रेलिया, क्यानडा लगायतका धेरै देशहरूबाट सम्बन्धन लिएर फाउण्डेशन अगाडि बढ्ने बताए । आर्थिक रपर्यटन विकास गर्न संखुवासभा जिल्लामा शाखा कार्यालय खोल्ने तयारीमा रहेको जानकारी दिँदै पोखरेलले देशबाहिर पनि शाखा खोल्ने योजना रहेको सुनाएका छन् ।
उनले शिक्षा तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै भने, ‘यसको बारेमा सम्बन्धित मन्त्रालय र मन्त्रीहरूसँग मेरो कुरा भइसकेको छ ।’ उनले नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने बताए ।
फाउण्डेशनले विद्यालय, कलेज र देशविकासका लागि मुल आधार बनाएर अगाडि बढ्ने पनि जानकारी दिए । यसका साथै बुवा आमा नभएका बालबालिकाहरूलाई स्नाकोत्तरसम्म निःशुल्क शिक्षा दिने पनि प्रतिवद्धता दिए । आफ्ना कामदारलाई अगाडि बढाउने उद्देश्यले घर, गाडी, मोवाइलको सुविधा दिने पनि उनले जानकारी दिए ।
उनले फाउण्डेशनले असहाय बृद्ध–बृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने पनि उल्लेख गरे ।















प्रतिक्रिया