
काठमाडौं, १३ माघ । छोटो दूरीका लागि उपयोगी अत्यधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरेको छ ।
सन् २००१ देखि यो कम्पनीदुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरूको उत्पादनको लागि प्रख्यात छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि विगतका वर्षहरूमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ ।
विषेशगरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदि यसले फड्को मारेको कम्पनीको दाबी छ । झन् नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको कम्पनीको भनाइ छ ।
सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आईहवका निर्देशक तथा मालिक बिजुली दाइभनेर चिनिने लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्युतीय सवारीसाधन आयात गरेको बताएका छन् ।
विश्वव्यापी रूपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड सेगवे ई–१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ । आईहवले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे ई–स्कुटरका अन्य मोडलहरू पनि ल्याउने जनाएको छ ।















प्रतिक्रिया