
काठमाडौं, १२ माघ । महालक्ष्मी विकास बैंकको तीनचुली शाखाले तीनचुली–आरुबारी सडक खण्डमा वृक्षरोपण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ बैंकले सञ्चालन गर्दै आएको ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत वृक्षरोपण गरेको बैंकले जनाएको छ ।
काठमाडौं उपत्यकाको खाली ठाउँहरूमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने भएकाले बैंकले प्रकृति संरक्षणका कार्यहरू गर्दै आएको बताएको छ । बैंकको उक्त कार्यप्रति गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजिव थापाले धन्यवाद व्यक्त गरेका छन् ।
त्यस्तै बैंकको तीनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षरोपण कार्यक्रम सफल पार्न स्थानीय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू बैंकले अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया