काठमाडौँ, ११ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको खुद नाफमा वृद्धि भएको छ ।
यो ६ महिनाको अवधिमा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७० प्रतिशतले बढी हो । जसमा हिमालयन बैंकको नाफा भने जोडिएको छैन ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै मूनाफा कमाउने ग्लोबल आईएमई बैंक बनेको छ ।
अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।
मूनाफा धेरै कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ ।
कुन बैंकले कति कमाए ?
बैंकको नाम पुस २०७८ (रू.) पुस २०७७ (रू.)
ग्लोबल आईएमई २ अर्ब ६६ करोड २ अर्ब ३१ करोड
एनआईसी एशिया २ अर्ब ४० करोड २ अर्ब ६ करोड
नबिल २ अर्ब १८ करोड २ अर्ब १ करोड
राष्ट्रिय वाणिज्य १ अर्ब ९२ करोड १ अर्ब ७५ करोड
एनएमबि १ अर्ब ७१ करोड १ अर्ब ६१ करोड
प्राइम कमर्सियल १ अर्ब ६८ करोड १ अर्ब ८१ करोड
नेपाल इन्भेष्टमेन्ट १ अर्ब ६२ करोड १ अर्ब ५८ करोड
सिद्धार्थ १ अर्ब ५८ करोेड ९१ करोड ८७ लाख
कृषि विकास १ अर्ब ४२ करोड १ अर्ब ३२ करोड
नेपाल बैंक १ अर्ब ४१ करोड १ अर्ब ३५ करोड
मेगा १ अर्ब ४० करोड १ अर्ब ३० करोड
प्रभु १ अर्ब २६ करोड १ अर्ब ५१ करोड
सिटिजन्स १ अर्ब २४ करोड ८७ करोड ५२ लाख
स्टाण्डर्ड चार्टर्ड १ अर्ब ९ करोड ७२ करोड ७६ लाख
सानिमा १ अर्ब ८ करोड १ अर्ब ६ करोड
माछापुच्छ्रे १ अर्ब १ करोड ८० करोड २७ लाख
कुमारी ९५ करोड १ अर्ब २१ करोड
एनसीसी ९० करोड ६१ करोड ४० लाख
एभरेष्ट ८३ करोड ८९ लाख ९६ करोड १९ लाख
लक्ष्मी ८१ करोड ७४ लाख ८० करोड ७१ लाख
नेपाल बंगलादेश ८१ करोड ११ लाख ९४ करोड १२ लाख
नेपाल एसबीआई ७८ करोड २८ लाख ५१ करोड ४८ लाख
सनराइज ७४ करोड ५५ लाख ९४ करोड ९४ लाख
सेञ्चुरी ७२ करोड २१ लाख ४६ करोड ६५ लाख
बैंक अफ काठमाण्डू ७१ करोड ९३ लाख ७० करोड ८५ लाख
सिभिल ५० करोड ४० लाख २० करोड २८ लाख
हिमालयन – ६५ करोड ३२ लाख
जम्मा ३३ अर्ब ४६ करोड ७२ लाख ३१ अर्ब ७ करोड ३२ लाख