शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नयाँ रूपमा आयो ‘मिदास ई–क्लास’, सिकाइलाई सहज बनाउने विश्वास

दैनिक नेपाल २०७८ माघ ११ गते ९:३४

काठमाडौं, ११ माघ । करिब दुई दशकको अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रालिले एक पृथक र परिमार्जित रूपको ‘मिदास ई–क्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ ।

मिदार ई–क्लासको नयाँ स्वरूपले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनाका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।

नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास ई–क्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

विद्यार्थीहरूले मिदास इक्लासमा भएका भिडियोहरू आफूलाई मन लागेको बेला मुभि हेरेजस्तै रमाइरमाई हेर्दै गाह्रो भन्दा गाह्रो पाठहरू सजिलोसँग बुझ्न सक्ने कम्पनीको दाबी छ । यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरूले भिडियो गेम खेलेजसरी खेल्दै आफ्नो पाठ सिक्न सक्ने बताइएको छ ।

यसरी गेम खेल्दा सही जवाफ दिएबापत पोइन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरूहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्ने विश्वास कम्पनीको छ । विद्यार्थीहरूले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनीहरूले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पनि पाउँछन् ।

विद्यार्थीहरूलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने छन् । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर नहुने बताइएको छ ।

विद्यार्थीहरूलाई परीक्षा निर्धक्कभएर दिन सक्ने बनाउन ‘मिदास ई–क्लास’मा स्वमूल्याङ्कन, मक इक्ज्याम र परीक्षा तयारी कक्षाहरूको व्यवस्था समेत गरिएको छ । विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउन ‘मिदास ई–क्लास’मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि सञ्चालन गरिएका छन् ।

विद्यार्थीहरूमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन विभिन्न विधाहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराएर पुरस्कृत समेत गराइने छ ।

अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरूलाई ‘मिदास ई–क्लास’ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो हुने बताइएको छ । मिदास एजुकेसन प्रालिले ‘मिदास ई–क्लास’का सेवाहरू विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनका लागि निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित