बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन हस्तान्तरण

दैनिक नेपाल २०७८ माघ ११ गते ९:०६

काठमाडौं, ११ माघ । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन प्रदान गरेको छ ।

विशेष कार्यक्रमको आयोजना गरी बैंकले काठमाडौंको बुद्धनगरस्थित सो विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन हस्तान्तरण गरेको जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ ।

सोही कार्यक्रम अनुसार बैंकको बुद्धनगर शाखाले विद्यालयलाई सहयोग गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त विद्यालयमा अध्ययनरत छात्राहरू महिनावारीको समयमा पनि निर्धक्करूपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् तथा विभिन्न रोगहरूबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रबन्धक पुण्य श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई बैंकले स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन प्रदान गरेर छात्राहरूमा विद्यालय आउने थप हौसला मिलेको बताएका छन् ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५ वटा, मधेश प्रदेशमा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करीब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २७ वर्षदेखि महालक्ष्मी विकास बैंकले अनवरतरूपले वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित