बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा खल्तीबाट क्यासब्याक पाइने

दैनिक नेपाल २०७८ माघ ११ गते ९:०१

काठमाडौं, ११ माघ । ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले एक हजार रुपैयाँसम्म क्यासब्याक दिने भएको छ ।

खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक पाउने भएका हुन् । साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्न सकिने बताइएको छ ।

कोरोना भाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ । तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर शुरू गरिएको दुबै कम्पनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित