
काठमाडौँ, १० माघ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब १०० अंकको पहिरो गएको छ ।
केही दिनदेखि बढिरहेको नेप्से आज एकै दिन १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा झरेको छ ।
आइतबार २९२० मा रहेको नेप्से सोमबार ह्वात्तै घटेको हो । आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १८ अंक बढीले घटेको छ ।
आजका लगभग सबै कम्पनीले गुमाएका छन् । नेप्से ह्वात्तै घटे पनि कारोबार रकम तथा शेयर किनबेच भने बढेको छ ।
आजको दिनमा विभिन्न कम्पनीका १७ करोड ६३ लाख बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड धेरै कारोबार भएको छ ।















प्रतिक्रिया