शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालमा कियाको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक

दैनिक नेपाल २०७८ माघ १० गते ८:३७

काठमाडौं, १० माघ । आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ ।

कोरियाली अटो दिग्गजकियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–सिट क्षमताको अवधारणालाई धेरै आकर्षक बनाउने तरिका खोज्न सफल भएको छ ।

१.६ लिटरको टीजीडीआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी मात्र होइन, नेपालको सफा र हरियाली भविष्यका लागि हरित विकल्प पनि भएको कम्पनीको भनाइ छ ।

७ वटा एयरब्याग, लेनकिपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरूसहित यसले चारैवटा ह्विललाई जमीनमा राख्न सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

किया सोरेन्टोले बाह्य र भित्री सुविधाहरूको कमान्डिङ लाइनहरू पनि प्रदान गर्दछ । यसको अगाडिको छेउमा फराकिलो स्विपिङ ग्रिल रहेको छ, जुन मानककोरूपमा आउने एलइडी बत्तीहरूसँग निर्बाध रूपमा एकीकृत हुन्छ ।

१२.३ इन्चको अल–डिजिटल इन्स्ट्रमेन्ट क्लस्टरले किया सोरेन्टोमा स्क्रिनलाई धेरै उन्नत बनाउँछ । ब्लाइन्ड भ्यू मनिटर टेक्नोलोजीले उपकरण क्लस्टरमा छेउछाउको लेनको लाइभ भिडियो दृश्य प्रोजेक्ट गर्दछ र टर्न सिग्नलहरू प्रयोग गर्दा सक्रिय हुन्छ । नाप्पाले दरसँग फस्टाएको इन्टेरियरले यसलाई यसको सेग्मेन्टको प्रिमियम इन्टेरियरमध्ये एक बनाउँछ । मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटहरू सोरेन्टोलाई विलासी एसयुभीमध्ये एक बनाउने केही विशेषताहरू हुन् ।

सोरेन्टो हाइब्रिड को मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपाली बजारमा रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याकपर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित