८ कार्तिक २०८३, आइतबार

गाई काटेको अभियोगमा प्रहरीद्वारा दुई जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १० माघ । राष्ट्रिय जनावर गाई काटेको आरोपमा रोल्पा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको सुनिलस्मृति गाउँपालिका–८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुन छन् । उनीहरूलाई गाई काटेको अभियोगमा शनिबार राति ईलाका प्रहरी कार्यालय सुलिचौरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको घरबाट प्रहरीले ४/४ केजी गाईको मासु समेत फेला पारेको बताएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।