आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जिल्ला सहकारी संघ बागलुङका पदाधिकारीको पदस्थापन

सिर्जना पन्त २०७८ माघ ९ गते ८:०६

बागलुङ, ९ माघ । जिल्ला सहकारी संघ बागलुङको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन गरिएको छ ।

पुस ३० गते सम्पन्न जिल्ला सहकारी संघ बागलुङको १३औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिलाई पदस्थापन गराइएको हो । साधारण सभाले हुमा कुमारी जीसी ‘अञ्जु’को अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको थियो ।

संघको उपाध्यक्षमा पिङ्गला जीसी, सचिवमा दुर्वलकाजी राजभण्डारी, कोषाध्यक्षमा लक्ष्मण पुन, सञ्चालकहरूमा खिमबहादुर कार्की, युक्तजंग राजभण्डारी, जगन्नाथ सापकोटा, शिवकुमारी खत्री, वृहस्पती कँडेल, चिनिमाया काला र लिलादेवी खड्का छन् ।

त्यसैगरी साधारणसभाबाट मिनबहादुर केसी (मिलन) को संयोजकत्वमा ३ सदस्यीय लेखा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको थियो । समितिका सदस्यहरूमा कोपिला खरेल सापकोटा र थानेश्वर सुवेदी रहेका छन् ।

पदस्थापन कार्यक्रम निर्वाचन कमिटीका संयोजक अधिवक्ता राम शर्माको अध्यक्षता तथा निर्वाचन कमिटीका सदस्य दिनेश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जीसीको पनि सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित