
काठमाडौं, ९ माघ । ई–कमर्श प्लेटफर्म बिजबजारको ‘अथोराइज्ड बिजनेस पार्टनर’मा साइन्टिफिक विजनेश हब नियुक्त भएको छ ।
‘जे चाहिन्छ, त्यो पाइन्छ’ नाराका साथ हालसालै सञ्चालनमा आएको ई–कमर्श प्लेटफर्म बिजबजारले साइन्टिफिक विजनेश हबलाई बागमती विशेष प्रदेश (काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे) को अधिकृत बिजनेस पार्टनरका रूपमा नियुक्त गरेको हो ।
यससम्बन्धी सम्झौतापत्रमा बिजबजार र साइन्टिफिक विजनेश हव प्रालिबीच हालै हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बिजबजारका फ्रेन्चाइज डिस्ट्रीब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्सव ढकालले हस्ताक्षर गरेका छन् ।
यस क्षेत्रमा साइन्टिफिक विजनेश हवले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ । बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना ‘अथोराइज्ड बिजनेस पार्टनर’हरू नियुक्त गरिसकेको छ ।















प्रतिक्रिया