६ कार्तिक २०८३, शुक्रबार

आदर्श सञ्चार सहकारीद्वारा मृत्यु राहत वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ९ माघ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–३ नुवारानिवासी शेयर सदस्य देवी खड्काका छोरा तथा विजय खड्काका भाइ किरण खड्काको निधनप्रति दुःख व्यक्त गर्दै संस्थाले शेयर सदस्यको आफन्तको मृत्यु भएपछि दिने राहत रकम रू. १० हजार रूपैयाँ प्रदान गरेको हो । रोजगारीका लागि जापान गएका किरणको उतै निधन भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाकी ऋण सहायक संगीता खड्काको उपस्थितिमा मृतकका दाइ विजय खड्कालाई उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रूपैयाँ रकम राहतस्वरूप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धवलागिरि जागरण दैनिक पत्रिका प्रकाशनसँगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धवलागिरि टेलिभिजनमा सहकार्य गर्नाका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।