शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सेवा बढाउँदै हाम्रो पहुँच सहकारी : दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार

दैनिक नेपाल २०७८ माघ ८ गते १०:१७

तुलसीपुर (दाङ), ८ माघ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तुलसीपुर–१८ दुधरासमा शाखा विस्तार गरेको छ ।

तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच सहकारी संस्थाले दुई सहकारीको एकीकरणपछि पहिलो पटक दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार गरेको हो ।

तुलसीपुर–१८ र आसपासका नागरिककोको सहजताका लागि सप्तरंगी सेवा केन्द्र विस्तार गरिएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए । सप्तरंगी बहुमुखी सहकारी संस्थासंगको एकीकरणपछि पहिलो पटक सेवा विस्तार गरिएको उनले बताए ।

सेवा केन्द्रको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् । नगरप्रमुख पाण्डेले हाम्रो पहुँच सहकारी र सप्तरंगी सहकारीको एकिकरणले बृहत सहकारी बनाउने अभियानको शुभारम्भ भएको बताए ।

अर्थतन्त्र विकासको प्रमुख आधार सहकारी भएको बताउँदै नगरप्रमुख पाण्डेले छरिएर रहेका सहकारीलाई एक भएर अघि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित