
प्युठान, ७ माघ। प्युठानको सरुमारानी गाउँपालिकाका एकै वडाका ४७ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इञ्चार्ज सूर्य थापाका अनुसार सरुमारानी गाउँपालिका वडा नम्बर ३ बाँंगे पनाहाका २२ जना माओवादी, १७ जना कांग्रेस, ४ जना मोहनविक्रम सिंहको पार्टी र ३ जना मोहन वैद्यको पार्टी छाडेर एमाले छिरेका हुन्।
प्युठानमा एमालेको जगलाई बलियो बन्दै गएको थापाको भनाई छ।











प्रतिक्रिया