६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा ३३ अंकको वृद्धि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा ३३ अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.०३ ले बढेर बजार २९३१.३४ मा उक्लेको हो । मंगलबार ३८ अंकले घटेर २८ सयको लाइनमा पुगेको थियो ।

यद्यपि आज कारोबार भने कम भएको छ । विभिन्न कम्पनीका करिब १६ करोड कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोडको कारोबार भएको छ ।