
काठमाडौँ, ६ माघ । सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।
वुधबार बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको व्यवस्तताका कारण स्थगित गरिएको बताइएको छ ।
यद्यपि खासगरी स्थानीय तह तथा प्रतिनिधिसभाको निर्वाचन कुन अघि गर्ने भन्ने विषयमा एकमत नहुँदा बैठक स्थगित गरिएको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन पहिले हुनुपर्ने बताएका छन् भने माओवादीले प्रतिनिधिसभाको निर्वाचन पहिले गर्नुपर्ने अडान राखेको छ ।















प्रतिक्रिया