
काठमाडौं, ३ माघ । अजोड इन्स्योरेन्सले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
पर्वतको जलजला गाउँपालिका–७, धाइरिङमा कम्पनीले पुस २८ र २९ गते घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा अजोड इन्स्योरेन्सको कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा प्रष्ट्याएका थिए ।
सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रबन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्राविधिक नारायण आचार्यको उपस्थिति थियो ।
जलजला गाउँपालिका–७ अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।















प्रतिक्रिया