
काठमाडौं, ३ माघ । बैंक अफ काठमाण्डूले विश्वभर रहेका गैरआवासीय नेपालीलाई लक्षित गरी ‘बीओके एनआरएन निक्षेप खाता’ योजना ल्याएको छ ।
गैरआवासीय नेपालीलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई दृष्टिगत गर्दै उक्त खाता योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । विदेशमा बसेर परिश्रम गरी आयआर्जन गरिरहेकाहरूलाई आफ्नो मातृभूमिमा रहेको बैंक अफ काठमाण्डूमा खाता खोली उच्चतम प्रतिफल लिन बैंकले अनुरोध समेत गरेको छ ।
योजना अनुसार गैरआवासीय नेपालीले यूएसडी, युरो, जीबीपी, एयूडी, सीएडी तथा जेपीवाई मुद्राहरूमा खाता खोल्न सकिने छ । एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरूले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउने बैंकले जनाएको छ ।
साथै, गैरआवसीय नेपालीरूरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्ने बैंकद्वारा जारी प्रस विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरूले आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया