
काठमाडौँ, २ माघ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २९ सय नाघेको छ ।
विगत केही महिनादेखि घटेर २२ सयको बिन्दुबाट क्रमशः उकालो लागेको नेप्से आज ६९ अंकले बढेर २९२६.७५ मा रोकिएको हो ।
आजको दिन सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेको छ ।
आज विभिन्न कम्पनीका १ करोड ८२ लाख भन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड बढीको कारोबार भएको छ ।
आज अधिकांश कम्पनीहरुले कमाएका छन् ।















प्रतिक्रिया