६ कार्तिक २०८३, शुक्रबार

पञ्चकन्या माई हाइड्रोपावरले सम्पन्न गर्‍यो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले एकैपटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीले चौथो, पाँचौं र छैठौं वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न गरेको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा ललितपुरको कुपण्डोलमा सम्पन्न साधारणसभाले सञ्चालकहरूको निर्वाचन, लेखापरीक्षक नियुक्ति र विभिन्न प्रतिवेखनहरू पारित गरेको छ ।

सभाले आगामी ४ वर्ष अविधिका लागि कम्पनीको संस्थापक शेयरधनी ‘समूह क’ तर्फबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ र उदिप श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै कम्पनीको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ । अघिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन एनएआरएस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछाने र पछिल्लो एक वर्षको प्रतिवेदन डी. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दीपेन्द्र कुमारले तयार पारेका थिए ।

साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न डी. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दीपेन्द्र कुमारलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।