
काठमाडौं, २ माघ । अनलाइन भुक्तानी सेवाप्रदायक मोबाइल वालेट खल्तीले सिभिल बैंकको खाता लिंक गर्ने प्रयोगकर्ताहरुका लागि १०० रुपैयाँ बोनस अफर ल्याएको छ छ ।
साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका समेत पाउने बताइएको छ । यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले बताएको छ ।
प्रयोगकर्ताले लिंक गर्न अगाडि केवाईसी भेरिफाइ गराउन पर्ने छ । केही सेकेण्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।
यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो ।
एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । १०० रुपैयाँ बोनस अफर पुस ३० देखि फागुन १ गतेसम्म लागू हुने जनाइएको छ ।















प्रतिक्रिया