
काठमाडौं, २ माघ । चितवनको टाँडीमा केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले आफ्नो बीसौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा सौराहास्थित होटेल सेन्ट्रल पार्कमा गत बिहीबार सभा सम्पन्न गरिएको बैंकले जनाएको छ ।
संस्थालाई तोकिएको चुक्ता पूँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको बताइएको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नाका साथै आर्थिक वर्ष २०७८/०७९ का लागि लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरेको छ ।
त्यस्तै आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक कार्य गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
साथै सभामा शेयरधनीहरूबाट बैंक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा सञ्चालक समिति तथा सिङ्गो बैंक ब्यवस्थापनप्रति खुशी व्यक्त गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया