
काठमाडौं, १ माघ । नबिल बैंकको ३७औं वार्षिक साधारणसभा हिजो शुक्रबार सम्पन्न भएको छ ।
दरबारमार्गस्थित बैंकका केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८% लाभांश (३३.६०% बोनस शेयर र ४.४०% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, हिजो नै सम्पन्न बैंक सञ्चालक समितिको ५८८औं वैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई चयन गरेको छ ।
पौडेल २०७४ मंसिर १५ गतेदेखि बैंक सञ्चालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आआएकामा साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।















प्रतिक्रिया